top of page

 

शब्दभण्डार

 

१. दिइएका शब्द र तिनका अर्थका बिच जोडा मिलाउनुहोस् :

 

शब्द                         अर्थ

 

(क) आलोकित - उज्यालो पारिएको, चहकिलो पारिएको

(ख) साधना - सफलता प्राप्त गर्नका लागि गरिने अभ्यास

(ग) सौभाग्य - सुख र समृद्धि प्राप्त हुने भाग्य

(घ) प्राक्कल्पना - सत्य पहिल्याउनका लागि गरिने पूर्वकल्पना, अनुकल्पना

(ङ) प्रतिपादन - नयाँ विषय वा सिद्धान्त खोज्ने वा पत्ता लगाउने काम

(च) चालक - विद्युत् आदि सञ्चालन हुने पदार्थ

 

 

२. माइकल फेराडेले वैज्ञानिकमध्ये एक बने अनुच्छेदबाट आगन्तुक शब्द पहिचान गरी लेख्नुहोस् ।

 

 मेड्ल, इन्स्टिच्युट, रोयल, एकेडेमी, सिभिल, अक्सफोर्ड

 

 

३. दिइएका शब्दलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :

 

ल्यापटप : हिजो मलाई मामाले अमेरिकाबाट नयाँ ल्यापटप ल्याइदिनुभयो ।

मेडल : दरेजी खेलमा प्रथम भएको हुनाले उसलाई गुरुले मेडल लगाइदिनुभयो ।

जेनेरेटर : रेबनको घरमा बालिने बिजुली जेनेरेटरद्वारा निकालिएको हो ।

मिक्स्चर : मैले मिक्स्चरमा अचार पिसेर सबैलाई खुवाएँ।

एकेडेमी : मेरो बुवा नेपाल एकेडेमीको सङ्गीत विभागमा काम गर्नुहुन्छ । 

इन्स्टिच्युट : सुदर्शन सरले बर्दिवासको शुभकामना इन्स्टिच्युटमा ट्युसन पढाउनुहुन्छ ।

 

 

बोध र अभिव्यक्ति

 

 

३. पाठको संरचनाबारे सोधिएका प्रश्नको उत्तर भन्नुहोस्ः

 

क) माइकल फेराडेका बाल्यकालसम्बन्धी वर्णन कुन अनुच्छेदमा छ ? 

= माइकल फेराडेको बाल्यकालसम्बन्धी वर्णन तेस्रो अनुच्छेदमा गरिएको छ ।

 

ख) माइकल फेराडेले इलेक्ट्रिक जेनरेटर आविष्कार गरेको प्रसङ्ग कुन अनुच्छेदमा छ ?

= माइकल फेराडेले इलेक्ट्रिक जेनेरेटर आविष्कार गरेको प्रसङ्ग छैटी अनुच्छेदमा रहेको छ । 

 

ग) जीवनीको सबैभन्दा लामो अनुच्छेद कुन हो ?

= जीवनीको सबैभन्दा लामो अनुच्छेद पाँचौं अनुच्छेद हो।

 

घ) "माइकल फेराडेले व्यवस्था भयो" अनुच्छेदको लामो वाक्य टिप्नुहोस् ।

= माइकल फेराडेले जीवनको उत्तरार्धमा थुप्रै पैसा आउने जागिर पाए तर उनी कहिल्यै पनि पैसालाई महत्व दिदैनथे ।

 

 

५. दिइएको प्रश्नको उत्तर लेख्नुहोस् ।

 

क) माइकल फेराडे कस्तो परिवारमा जन्मेका थिए ?

= माइकल फेराडे गरिब परिवारमा जन्मेका थिए ।

 

ख) उनको बाल्यकाल कसरी बित्यो ?

= उनको बाल्यकाल १३ वर्षमा पढाइ रोकिएपछि पुस्तक पसलमा नोकरी गर्दै बित्यो ।

 

ग) उनले जीवनमा कसरी प्रेरणा प्राप्त गरे ?

= उनले जीवनमा चर्चित वैज्ञानिक हम्फ्री डेबीको भाषण श्रृङ्खलाबाट प्रेरणा पाए ।

 

घ) उनको जीवनीबाट के सन्देश पाइन्छ ? 

= उनको जीवनीबाट हामीले के प्रेरणा पाउन सक्छौं भने परिस्थिति जस्तो भए पनि मिहिनेत र लगनशीलताले हामी सफलताको उचाइमा पुग्न सक्छौं ।

 

 

६. दिइएका आगन्तुक शब्दको अर्थ पहिचान गर्नुहोस् र तिनलाई पाठमा भन्दा भिन्न तरिकाले वाक्यमा प्रयोग गर्नुहोस् :

 

ल्यापटप, मोबाइल, सेप्टेम्बर, बुकलेट, जेनेरटर, मोटर, मिक्स्चर, मेडल

 

ल्यापटप = मलाई दाइले अमेरिकाबाट ल्यापटप ल्याइदिनुभयो ।

मोबाइल : मोबाइललाई चार्जमा राखेर कहिले पनि चलाउनु हुँदैन ।

सेप्टेम्बर : मेरो भाइ सेप्टेम्बर चारमा जन्मेको हो ।

बुकलेट : हाम्रो विद्यालयले बुकलेट प्रकाशन गरेको छ ।

जेनेरेटर : माइकल फेराडेले जेनेरटको आविष्कार गरेका हुन् ।

मोटर : कृष्णले इनारबाट पानी तान्नको लागि मोटरको प्रयोग गर्‍यो ।

मिक्स्चर : बहिनीले मिक्स्चरमा अचार पिसी सबैलाई चखाइन् । 

मेडल : सुमनले हिजो नृत्यकलामा प्रथम भएर मेडलका साथै पुरस्कार पनि पायो ।

 

 

७. दिइएको मितिमा माइकल फेराडेको जीवनमा कुन कुन घटना भएका थिए लेख्नुहोस् ।

 

सन् १७९१, सन् १८२०, सन् १८३१, सन् १८३३, सन् १८३२, सन् १८६७ 

 

= सन् १७९१ - माइकल फेराडेको जन्म 

= सन् १८२० - हेम्स ओस्टेडले कुनै तामा विद्युत् धाराको प्रवाहद्वारा चुम्बकीय क्षेत्र पैदा हुन्छ भन्ने तथ्य पत्ता लगाएका,

= सन् १८३१ - फेराडेले इग्ल्यान्डमा डायनामो आविष्कार गरेका,

= सन् १८३३ - रसायन इन्स्टियुटमा रसायन विज्ञानका पहिलो प्रध्यानाध्यापक बनेका,

= सन् १८३२ - अक्सफोर्ड विश्वविद्यालयले सिभिल कानुनमा विद्यावारिधिको मानर्थ उपाधि प्रदान गरेको,

= सन् १८६७ - उनको निधन भएको

 

 

८. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

 

प्रश्नहरू

 

क) माइकल फेराडेका वैज्ञानिक आविष्कारलई कति समूहमा वर्गीकरण गरिएको छ ?

= माइकल फेराडेका वैज्ञानिक आविष्कारलाई तीन समूहमा वर्गीकरण गरिएको छ ।

 

ख) उनका मुख्य सिद्धान्त के के हुन् लेख्नुहोस् ।

= फेराडेज ल अफ इन्डक्सन, फेराडेज ल अफ इलेक्ट्रोमेग्नेटिक इन्डक्सन र फेराडिज ल अफ इलेक्ट्रोलाइसिस उनका मुख्य सिद्धान्त हुन् ।

 

ग) हामीले प्रयोग गर्ने फेराडेको सिद्धान्तमा आधारित कुनै तीन उपकरणको नाम लेख्नुहोस् । 

= गाडी, मिक्स्चर, पानी तान्नका लागि जडान गरेका मोटर आदि हामीले प्रयोग गर्ने फेराडेको सिद्धान्तमा आधारित तीन उपकरण हुन् । 

 

घ) उनका सिद्धान्तको मुख्य आधार के हो ?

= उनका सिद्धान्तको मुख्य आधार फेराडज ल अफ इलेक्ट्रोलाइसिस इन्डक्सन हो ।

 

 

९. दिइएका अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

 

प्रश्नहरू :

 

क) माइकल फेराडे कस्तो स्वभावका थिए ?

- माइकल फेराडे मेहनती, सङ्घर्षशील जस्तो परिस्थिति आएपनि आफ्नो सपना नछोड्ने स्वभावका थिए ।

 

ख) उनले आफ्नो पढाइलाई कसरी निरन्तरता दिए ? 

- उनले आफ्नो पढाइलाई निरन्तरता दिनभरि काम गर्दै र रातमा पढाई गर्दै दिए ।

 

 

१०. व्याख्या गर्नुहोस् :

 

एउटा गरिब र विपन्न परिवारको व्यक्ति पनि आफ्नो अठोट र लगाव भयो भने जस्तोसुकै लक्ष्यमा पुन सम्भव हुँदो रहेछ ।

 

= माइकल फेराडेको जीवनीबाट साभार गरेको माथिको वाक्यले साँच्चै नै यथार्थपरक कुरा बताएको छ । आफूमा नयाँ कुरा सिक्ने भोक भयो भने उसको आर्थिक हालत जस्तो भएपनि ऊ सफलताको शिखरमा पुग्न सक्छ । जीवनीमा पनि माइकल फेराडे एउटा गरिब परिवारमा जन्मिएका थिए हप्तामा एक ओटा रोटी खाएर बस्थे । तैपनि उनमा जीवनमा केही गर्ने हिम्मत र भोक भएकोले उनी विश्वकै ठुलो व्यक्ति बने । उनी मरेर गए पनि आज सारा संसारको हृदयमा जीवित छन्। उनका आविष्कारले मानव जीवन सफल बनाएको छ । परिवार धान्नुको साथै आफ्नो पढाइलाई निरन्तरता दिएका थिए । त्यसैले एउटा गरिब र विपन्न परिवारको व्यक्ति पनि अठोट र लगन भयो भने जस्तोसुकै लक्ष्यमा पुग्न सम्भव हुन्छ । जन्मिने बित्तिकै ठुलो हुँदासम्म सबै कुरा कुनै मेहनत नगरी पाएको व्यक्तिले भन्दा जसलाई सबै कुरा हासिल गर्न मेहनत र पसिना बगाउँछ, त्यो व्यक्ति सफलताको शिखरमा र आफ्नो लक्ष्य प्राप्त गर्न सक्छ । यो फेराडेको जीवनीले पुष्टि गर्छ ।

 

 

११. माइकल फेराडेले जीवनमा सफलता प्राप्त गरेको मुख्य मुख्य घटना वर्णन गर्नुहोस् । 

 

= १३ वर्षका भएपछि गरिबीकै कारण माइकलको औपचारिक पढाई एक्कासि रोकिँदा नाबालक उमेरमा नै उनले काम गर्नुपर्यो । उनले एउटा पुस्तक पसलमा किताबको जिल्दा हाल्ने काम पाए । उनले फुर्सद निकालेर आफ्नै इच्छा र रुचिबमोजिम किताब पढ्न थाले र जागिरको सात वर्षसम्म थुप्रै किताब पढ्दा उनको बुद्धि तिक्ष्ण हुँदै गयो ।

 

सन् १८१२ मा लन्डनको रोयल इस्टिच्युटमा विज्ञानसम्बन्धी भाषणको एउटा श्रृङ्खलामा उनी गएका थिए र हम्फ्रीडेवीको भाषण श्रृङ्खला नोटलाई जम्मा पारेर ३०० पेजको पुस्तक बनाएर डेवीको हातमा पुर्‍याइदिएर यसै घटनापछि उनको जीवनमा सफलताको सुरुआत भयो । सन् १८३१ मा इइल्याण्डमा डायनामो आविष्कार गरे ।

 

 

१२. पाठको चौथो अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिपी सारांश लेख्नुहोस् ।

 

बुँदाहरू

 

१. वैज्ञानिक हम्बी डेवीको भाषणले माइकल प्रभावित भएर भाषण विस्तृत रूपमा तयार पारी भाषण श्रृखलाको नोटलाई जम्मा पारेर ३०० पेजको एउटा पुस्तक बनाई डेबीका हातमा पुन्यादिएका,

 

२. प्रयोगशालामा वैज्ञानिक प्रयोग गर्दा एक दिन डेवीका आँखामा चोट लाग्नु, 

 

३. अनि आफ्ना भाषण सुनेर नोट बनाउने माइकललाई बोलाएर आफ्नो सहयोगीको रूपमा राम तलब दिएर राख्नु,

 

४. डेवीसँग युरोप घुम्दा उनले विश्वका केही प्रमुख रसायन विज्ञसँग भेट गर्न सौभाग्य प्राप्त गर्नु

 

 

फेराडेको सफलताको सुरुआत

 

वैज्ञानिक हम्फ्री डेवीको भाषणले माइकल प्रभावित भएर भाषण विस्तृत रूपमा तयार पारी भाषण श्रृखलाका नोटलाई जम्मा पारी ३०० पेजको एउटा पुस्तक डेवीका हातमा पुन्याइदिएका थिए । एकदिन प्रयोगशालामा परीक्षण गर्दा डेवीका आँखामा चोट लाग्यो र भाषण सुनेर नोट बनाउने माइकललाई बोलाएर आफ्नो सहयोगीका रूपमा राम्रो तलब दिएर राखे । डेवीसँग पछि युरोप घुम्दा विश्वका केही प्रमुख रसायन विज्ञसँग भेट गर्ने सौभाग्य पनि पाए ।

 

 

१३. व्यक्तिवृत्त वा व्यक्तिगत विवरणमा व्यक्तिको नाम, जन्ममिति, आमाबुबाको नाम, जन्मस्थान, सम्पर्क ठेगाना, योग्यता, सेवा वा कार्य गरेको अनुभव, तालिम प्राप्त गरेका, सम्मान तथा पुरस्कार आदि जस्ता व्यक्तिगत सूचना समावेश गरिन्छ। यिनै विषयवस्तु समेटिने गरी आफ्नो व्यक्तिगत विवरण तयार गर्नुहोस् ।

 

व्यक्तिगत विवरण

नाम : 

जन्म मिति :

आमाको नाम :

जन्मस्थान :

सम्पर्क :

योग्यता :

अनुभव तालिम :

पुरस्कार :

 

 

१४. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

 

क) उत्तर दिनुहोस् |

 

अ) तनाव भनेको के हो ?

= व्यक्तिमा उत्पन्न हुने मानसिक दबाबको अवस्था तनाव हो ।

 

आ) तनाव उत्पन्न हुनाका कारण के के हुन् ?

= जीवनका पीडा, सङ्घर्ष, चिन्ता, वातावरणीय दबाब, कामको चाप आदि तनाव उत्पन्न हुनाका कारण हुन् ।

 

इ) तनाव व्यवस्थापनमा कस्ता रणनीति अपनाउन सकिन्छ ?

= तनाव व्यवस्थापनमा समर्पण, सङ्घर्ष, सम्झौता जस्ता रणनीति अपनाउन सकिन्छ ।

 

ई) तनाव कम गर्न अपनाउनुपर्ने उपाय लेख्नुहोस् ।

= योगध्यान, मनोरञ्जन, सङ्गीत, खेलकुद, शारीरिक व्यायाम, सन्तुलित खानपान आदिका साथै सिर्जनात्मक, सामाजिक तथा रचनात्मक कार्यमा सक्रिय भएर पनि तनाव कम गर्न सकिन्छ ।

 

 

ख) भाषा संरचना पहिचान गर्नुहोस् :

 

अ) अनुच्छेदबाट कुनै दुईओटा संयुक्त वाक्य पहिचान गर्नुहोस् ।

- त्यस्तै व्यक्तिका आचरण र व्यवहार जन्य गतिविधिसँग सहकार्य गर्दै अघि बढ्नु सम्झौता हो । 

 

- योगाध्यान, मनोरञ्जन, सङ्गीत, खेलकुद, शारीरिक व्यायाम, सन्तुलित खाना आदिका साथै सिर्जनात्मक, समाजिक तथा रचनात्मक कार्यमा सक्रिय भएर पनि तनाव कम गर्न सकिन्छ ।

 

आ) 'तनावले व्यक्तिको दैनिक काममा समेत असर पर्न सक्छ ।' वाक्यलाई मिश्र वाक्यमा परिवर्तन गर्नुहोस् ।

- जो व्यक्ति तनावमा हुन्छ त्यो व्यक्तिको दैनिक काममा समेत असर पर्न सक्छ ।

 

इ) 'तनाव व्यवस्थापनका लागि समर्पण, सङ्घर्ष, सम्झौता जस्ता रणनीति अपनाउन सकिन्छ ।' वाक्यलाई पदवियोग गरी लेख्नुहोस् ।

- तनाव व्यवस्थापनका लागि समर्पण, सङ्घर्ष र सम्झौता जस्ता रणनीति अपनाउन सकिन्छ ।

 

ई) 'मानसिक' र गतिविधि' शब्दलाई उच्चारणअनुसार लेख्नुहोस् ।

- 'मानसिक' र 'गतिविधि' शब्दको उच्चारण 'मानसिक' र 'गतिबिधि' हुन्छ ।

 

 

१५. दिइएको सन्दर्भ पढ्नुहोस् र तोकिएको कार्य गर्नुहोस् :

 

तपाइँले चिनेको समाज सुधारका क्षेत्रमा उल्लेख्य योगदान दिने व्यक्तिको जीवनका महत्त्वपूर्ण घटना टिपोट गरी कक्षामा प्रस्तुत गर्नुहोस् ।

 

उत्तर : कृष्ण अधिकारी दाङ जिल्लाका एक प्रतिष्ठित समाजसेवीको रूपमा परिचित छन् । उनको जन्म वि. सं. २०२० माघ २४ गते, तुलसीपुर वडा नं ७ मा निम्न वर्गीय परिवारमा भएको हो । पिता कमल अधिकारी, र माता कमला अधिकारीका कान्छा छोराका रूपमा जन्मिएका कृष्ण सानै उमेरदेखि जिज्ञासु र सहयोगी स्वभावका थिए । उनलाई अरुका ससाना दुःख पीडाले पनि निकै भावुक बनाउँथ्यो । राप्ती बबई क्यापसबाट बिएसम्मको शिक्षा हासिल गरी उनी २५ वर्षको उमेरमा नेपाली सैनिक सेवामा प्रवेश गरेका थिए । सेवामा प्रवेश गरेको २० वर्षपछि स्वेच्छिक अवकाश लिएर आफ्नै ठाउँमा फर्की सामाजिक सेवामा आफूलाई समर्पण गरे । तुलसीपुरमा बाल उद्यान प्राथमिक विद्यालयको स्थापनामा अग्रणी भूमिका खेलेर, आफूलाई एउटा सामाजिक व्यक्तित्वको रूपमा चिनाए । गाउँमा एउटा सार्वजनिक धाराको निर्माण आफ्नै व्यक्तिगत खर्चमा गर्न लगाएका थिए । गाउँका तीनजना असहाय विद्यार्थीहरूको पठनपाठनको लागि आफ्नै तर्फबाट छात्रवृत्तिको व्यवस्था गर्नुका साथै नमुना युवा क्लबलाई विभिन्न खेल सामग्रीहरू उपलब्ध गराए । युवाहरूलाई खेल क्षेत्रमा लाग्न उनले दिएको हौसला प्रशंसनीय छ । सिप विकास केन्द्रको स्थापना गरी स्थानीयहरूको आयआर्जन वृद्धिमा जुन सहयोगी भूमिका उनले निर्वाह गरेका छन्, त्यसलाई तुलसीपुर नगरवासीहरूले कहिल्यै र्बिसने छैनन् । उनको सामाजिक योगदानलाई कदर गर्दै तुलसीपुर उपमहानगरपालिकाबाट २०७५ सालको उत्कृष्ट समाजसेवी पुरस्कार प्रदान गरी दाङ उद्योग वाणिज्य संघबाट नागरिक अभिनन्दनसमेत गरिएको थियो । यस धर्तीमा जन्मे पछि एकदिन मर्नु पर्ने प्रकृतिको नियम नै हो । वि. सं. २०७९ साल फागुन २० गते, काठमाडौं जाने क्रममा सवारी दुर्घटनामा परी उनको दुःखद निधन भयो । उनको भौतिक शरीर अहिले हामी सामु नरहे पनि उनको काम र योगदान सदैव अविस्मरणीय रहने छ ।

12. माइकल फेराडे 

bottom of page