7. कालजित र अजङ्गको राक्षेसको कथा
अभ्यास क्रियाकलाप
‘कालजित र अजङ्गको राक्षसको कथा’ कथाको सङ्क्षिप्त विवेचना
कथाको मुुख्य विषयवस्तुु :
जङ्गलमा केही महिलाहरू घाँसदाउरा काट्न जङ्गल गएका बेला एउटा ठुुलो राक्षण देखापर्छ । राक्षसले एउटी महिलालाई खान खोज्छ । अरु महिलाहरूले देखेर गाउँमा गएर होहल्ला गर्छन् । सबै गाउँले भेला भएर राक्षसलाई मार्न जान्छन् । राक्षसले विकराल रूप धारण गरेर सबै गाउँलेलाई खान खोज्छ । गाउँलेहरूले डराएर भाग्छन् । कालले तिमीहरूले दैनिक रूपमा एउटा मान्छे र एक मुरी अन्न दिन्छौँ भने म तिमीहरूलाई मार्दिनँ भन्छ । केही नलागेर गाउँलेले राक्षसको कुरा स्विकार्दछन् । भगवान्ले काल आएका मान्छेलाई मात्र खानुु भने पनि काल नआएका मान्छेलाई समेत खाएर राक्षसले विधिको उल्ल्लङ्घन गर्छ ।
एकदिन एउटी दोजिया महिलाको पालो आउँछ । घरमा एक्लै भएकी र पेटको बच्चाको मायाले महिलाले अन्न बाहिर राखिदिएर माइतीतिर टाप कस्छिन् । राक्षस गाउँ पसेर महिलाको घरमा बस्न थाल्छ । महिलाको छोरो जन्मिन्छ र उनले छोराको नाम कालजित नाम राख्छिन् । कालजित मावली गाउँमा साथीसँग खेल्दै गर्दा साथीहरूले बुबा र घर नभएको ’भतुवा’ भनी गिज्याउँछन् । आमासँग सबै कुरा बुझेर कालजितले आफ्नो गाउँ जाने निधो गर्छ । गाउँमा पुगी आफ्नो घर पत्ता लगाउँछ र राक्षस बस्ने गरेको थाहा पाउँछ ।
राक्षसलाई मामा भनेर मिठा मिठा खानेकुरा दिएर मक्ख पार्छ र दुवै मिलेर त्यस घरमा बस्न थाल्छन् । एक दिन घरबाहिर किन नजानु भएको भन्ने कालजितको जिज्ञासामा राक्षसले आफूले ठुलो गल्ती गरेको र भगवान्सँग माफी माग्न जानुुपर्ने कुरा बताउँछ । कालजितले दिनदिनै करकर गरेपछि राक्षस भगवान् भेट्न जान्छ । भगवान्लाई भेट्न जाँदा कालजितले आफ्नो आयुु पनि सोधेर आउनुु भन्छ । राक्षस फर्केपछि भगवान्ले कालजितको आयु ७९ वर्ष भएको बताउँछ । कालजितले आफ्नो आयु एक वर्ष घटाउन वा बढाउन पुन: राक्षसलाई भगवान्कहाँ पठाउँछ । भावीले लेखेको आयु घटबढ गर्न नसकिने जबाफ भगवान्ले भनेको कुरा राक्षसले कालजितलाई आएर बताउँछ । कालजित राक्षसले आफूलाई मार्न सक्दैन भन्ने निक्यौलमा पुग्छ र कालजित राक्षसलाई मार्न सफल हुुन्छ । कालजितको बहादुरी देखेर गाउँलेहरू खुसी हुुन्छन् कालजितलाई गाउँको प्रमुख चुन्छन् । सानो व्यक्तिको बुद्धि र पुरुषार्थले गाउँमा शान्ति ल्याउन सफल हुन्छ ।
कथामा भएका पात्रहरू :
कालजित, राक्षस, कालजितकी आमा, महिलाहरू, गाउँलेहरू, भगवान्, कालजितका साथीहरू
मुख्य पात्र : कालजित र राक्षस
सहायक पात्र : कालजितकी आमा
कालजित :
कथाको मुुख्य पात्र हो । बाल पात्र भएर पन धेरै बुुद्धि भएका कालजित कथाको नायक हो । निडर र बुुद्धिमानी कालजित कथामा सकारात्मक भूूमिकामा देखिएको छ । उमेरले सानो भए तापनि बुद्धि र विवेकको प्रयोग गरेर सारा गाउँलेलाई सुख दिन सक्ने कालजित निडर तथा निस्वार्थी बाल पात्रका रूपमा कथामा देखिएको छ ।
राक्षस:
कथाकाले मुख्य अर्काे पात्र पात्र राक्षस हो । काथमा खल पात्रको भूूमिकामा देखिएको राक्षस नकारात्मक भूमिका भएको नरभक्षी पात्र हो । अरुलाई अनावश्यक दु:ख दिने, विधिको उल्लङ्घन गर्ने, अरुलाई आफ्नो वशमा पारेर आफ्नो स्वार्थ पूूरा गर्ने राक्षस स्वार्थी भावना भएको पात्र हो ।
परिवेश :
कथाको नेपालको कुनै पहाडी गाउँको परिवेशमा र रचना गरिएको छ । गाउँनजिक रहेको घना जङ्गल र खर्क, चौतारा, कालजितको मावली गाउँ, भगवान् बस्ने ठाउँ अर्थात् स्वर्ग आदि स्थानहरूको उल्लेख कथामा चित्रण गरिएको छ । कथामा यस लोकमा भएका स्थानहरू लौकिक परिवेशअन्तर्गत आएका छन् भने भगवान् बस्ने स्वर्गको उल्लेख भएबाट कथाको आंशिक परिवेश अलौकिक स्थानसमेत आएको छ ।
सन्देश :
प्रस्तुत कथाबाट कथाकारले कसैले पनि विधिको उल्लङ्घन गर्नुुहुुँदैन । शक्तिशाली भएर पनि विधिको उल्लङ्घन गर्दा त्रास र भय लिएर बाँच्नुुपर्दछ । भगवान्ले पनि विधिको उल्ल्लङ्घ गर्न सक्दैनन् । बिनाकारण अरूलाई दु:ख दिँदा एकदिन त्यस्तो कार्यको परिणाम नराम्रो हुुन्छ । व्यक्ति सानो भए पनि बुद्धि र पुरुषार्थ सानो व्यक्तिमा पनि रहने हुँदा बालबालिकाको कुरा पनि सबैले सुन्नुपर्छ । बालबालिकाहरूले पनि कहिलेकाहीँ ठुुलो जुुक्ति निकालेर सङ्कटबाट बचाउन सक्छन् । समय र परिस्थितिअनुसार बालबालिकाको बुद्धि र पुरुषार्थ समाजका लागि उपयोगी हुन सक्छ । हरेक बालबालिकाहरूलाई एकै किसिमको सोच्नुुहुँदैन । कुनै कुनै बालबालिकाहरू अद्भुुत क्षमता भएका हुन सक्छन् । बालबालकाहरूले पनि समाजको भलो गर्न सक्छन् भन्ने सन्देश यस कथामा प्रस्तुत गरिएको छ ।
शब्दभण्डार
१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :
बिछट्टै अचाक्ली, धेरै
नरभक्षी : मान्छेलाई खाने, दानव
किमार्थ : कसै गरेर पनि, केही गरे पनि
लाचार : केही गर्न नसक्ने
ओदान : भाँडा बसाल्नका लागि बलेको अगेनामाथि राखिने तीन खुट्टा भएको फलामे साधन
पुरुषार्थ : बहादुरी, पौरख, अद्भुत क्षमता
२. दिइएका अर्थ आउने शब्द पाठबाट खोजेर लेख्नुहोस् :
प्रत्येक : हरेक, आइमाई : महिला, मित्र : साथी, दैलो : ढोका, भाग्नु : टाप कस्नु, उमेर : आयु, देवता : भगवान्, विवेक : बुद्धि ।
३. दिइएका टुक्कालाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
टाप कस्नु : जङ्गलमा राक्षस देखेर गाउँले टाप कसेछन् ।
सातोपुत्लो जानु : बाटामा ठुुलो सर्प आफ्नै अगाडि देख्दा त मेरो सातोपुुत्लो उड्यो ।
आलु खानु : यसपालिका एसईईमा धेरैले गणित विषयमा आलुु खाएछन् ।
हातेमालो गर्नु : सबैले हातेमालो गर्ने हो भने समाजको विकास चाँडै हुुुन्छ ।
भाग्य चम्कनु : एकै वर्ष परीक्षामा पास पनि हुुनुु र अमेरिकाको डिभी पनि परेकाले रामेको भाग्य चम्क्यो ।
माया मार्नु : विदेश गएका दाइले परिवारको माया मारेर उतै बस्ने निर्णय गरेछन् ।
४. दिइएका पदावलीको प्रयोग गरी किसानका बारेमा एउटा अनुच्छेद तयार पार्नुहोस् :
किसानको दैनिकी
किसानहरू अत्यन्त मिहिनेती र परीश्रमी हुन्छन् । गाउँमा बस्ने किसानहरू रातदिन काम गर्छन् । खेतीकिसानी गरेर आफू बाँच्नु र अरूलाई बचाउनु उनीहरूको धर्म र कर्म हो । आफूू बाँच्ने र अरुलाई पनि बचाउने उनीहरू परिश्रममा विश्वास गर्छन् । गाईवस्तु पालेर र खेतीकिसानी गरेर जीवन गुुजारा चलाउने उनीहरू धर्मकर्ममा पनि विश्वास गर्दछन् । पशुुलाई छोराछोरी जत्तिकै माया गर्ने उनीहरू नजिकैको वनमा गएर घाँसदाउरा ल्याउँछन् । गाउँमा बस्ने किसानहरू प्राय: ताजा खानेकुरा खान्छन् । यसरी कर्मशील जीवन बाँच्न चाहने गाउँले छलकपट गर्न जान्दैनन् । कुनै अप्ठ्यारो आइपरे सबै मिलेर समस्याको समाधान गर्ने गरेका किसान गाउँलेहरू आफ्नै खुसीमा रमाउँछन् ।
५. कक्षामा छलफल गरी दिइएका उखानको अर्थ लेख्नुहोस् :
(क) हुने बिरुवाको चिल्लो पात : असल बन्नेको लक्षण सानैदेखि देखिन्छ ।
(ख) बाँदरका हातमा नरिवल : कुनै पनि चिजबिजको महŒव थाहा पाएन भने त्यसलाई मिल्काउँछ वा बिगार्छ ।
(ग) खाने मुखलाई जुँगाले छेक्दैन : परिश्रम गर्नेलाई कुनै कुराले पनि छेक्दैन ।
(घ) नपत्याउँदो खोलाले बगाउँछ : बाहिरी पहिचानले उसको भित्री गुुण थाहा हुुँदैन ।
(ङ) नाच्न नजान्ने आँगन टेढो : आफू गर्न नजान्नु दोष अरूलाई दिनु ।
बोध र अभिव्यक्ति
१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :
अजङ्ग, राक्षस, शरीर, व्यवस्था, आग्रह, भगवान्, निर्णय, परमआयु, अँगेनो, बुद्धि, पुरुषार्थ,
२. कथाको ‘त्यस राक्षसलाई .... सबैलाई सिध्याइदिन्छु’ अनुच्छेद सस्वरवाचन गर्नुहोस् ।
३. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) कालजित कथाका मुख्य दुई जना पात्रको नाम के हो ?
उत्तर : कालजित कथाका मुख्य दुई जना पात्रको नाम कालजित र राक्षस हो ।
(ख) कथाको तेस्रो अनुच्छेदमा कतिओटा वाक्य छन् ?
उत्तर : कथाको तेस्रो अनुच्छेदमा बाह्रओटा वाक्य छन् ।
(ग) कुन घटनापछि कालजित आफ्नो गाउँ जाने निर्णयमा पुग्छ ?
उत्तर : साथीहरूले बुबा र घर दुवै नभएको ‘भतुवा’ भनेपछि कालजित आफ्नो गाउँ जाने निर्णयमा पुग्छ ।
(घ) जङ्गलमा कुन घटना घटेको थियो ?
उत्तर : जङ्गलमा एउटी महिलालाई राक्षसले खाएको घटना घटेको थियो ।
(ङ) राक्षसले गाउँलेसँग कस्तो सर्त राख्यो ?
उत्तर : राक्षसले गाउँलेसँग दैनिक एक मुरी अन्न र एक मान्छे दिनुपर्ने सर्त राख्यो ।
४. दिइएको कथांश मौन पठन गरी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
प्रश्नहरू
(क) महिला वनमा किन गएका रहेछन् ?
उत्तर : महिला वनमा घाँसदाउरा लिन गएका रहेछन् ।
(ख) एउटी महिलालाई देखेपछि राक्षसले कस्तो सुर कसेछ ?
उत्तर : एउटी महिलालाई देखेपछि राक्षसले समातेर खाने सुर कसेछ ।
(ग) महिला कराउँदै गुहार माग्दै गाउँमा जानुको कारण के हो ?
उत्तर : महिला कराउँदै गुहार माग्दै गाउँ जानुको कारण राक्षसबाट महिलालाई बचाउनका लागि हो ।
(घ) राक्षसका अगाडि महिलाले केही गर्ने हिम्मत किन गरेनछन् ?
उत्तर : राक्षस डरलाग्दो भएकाले राक्षसका अगाडि महिलाले केही गर्ने हिम्मत गरेनछन् ।
५. दिइएका प्रश्नको छोटो उत्तर लेख्नुहोस् :
(क) पाठका घटना कुन कुन स्थानमा घटेका छन्, उल्लेख गर्नुहोस् ।
उत्तर : पाठका घटना कुनै जङ्गल र कुनै गाउँमा घटेका छन् । महिलालाई राक्षसले खाएको घटना वनमा घटेको छ । गाउँलेहरू खुर्पा, बन्चरो लिएर वनमा राक्षस मार्न गएको र राक्षसले अजङ्गको शरीर बनाएपछि गाउँलेहरू भागेको घटना पनि वनमा नै घटेको छ । गाउँलेहरूले गाउँको चौतारामा बसेर छलफल गरेका छन् । कालजितको जन्म मावली गाउँमा भएको छ । कालजित मावली गाउँमा बस्दा त्यहाँका साथीहरूले उसलाई भतुुवा भनेपछि ऊ मावली गाउँ छोडेर आफ्नै गाउँमा फर्केर आएको छ । कालजित र राक्षस कालजितको घरमा सँगै बस्न थालेका र त्यही घरमा कालजितले राक्षसलाई मारेको घटना रहेको छ । यसरी वन, गाउँ र कालजितको मावली गाउँ गरी तीन ठाउँमा घटेको घटनालाई कथाको विषयवस्तुु बनाइएको छ ।
(ख) पाठमा तपाईंलाई मन परेका कुनै दुईओटा संवादात्मक अंश टिपोट गर्नुहोस् ।
उत्तर : पाठमा मलाई मन परेका दुई संवादात्मक अंश निम्न छन् :
गाउँका एक जना भलादमीले भनेछन् : “यदि राक्षसबाट बच्ने उपाय छ भने सोचौं नत्र भने सबै एकै पटक मर्नुभन्दा त यस राक्षसलाई हरेक दिन एक एक जनाका दरले आहारा पु¥याइदिऔं ।”
भगवान्ले भन्नुभएछ, “हेर काल ! यो आयु भावीले जुन दिन जति लेख्यो, लेख्यो । त्यसलाई घटाउन पनि सकिँदैन, बढाउन पनि सकिँदैन । त्यसैले कालजितलाई यही कुरो सुनाइदेऊ ।”
(ग) पाठको शीर्षक तपाईंलाई उपयुक्त लाग्यो कि लागेन, कारण दिनुहोस् ।
उत्तर : यस पाठको शीर्षक ‘कालजित र अजङ्गको राक्षसको कथा’ राखिएको छ । कथामा प्रस्तुत विषयवस्तुलाई सरल रूपमा चिनाउन सफल रहेको यो शीर्षक मलाई उपयुक्त लाग्यो । यो कथा लोककथा भएकाले लोककथाको भाव झल्किने खालको शीर्षक राखिएको छ । कथाका दुई जना पात्र ‘कालजित’ र राक्षसको विशेषता झल्किने ‘अजङ्गको राक्षस’ शीर्षकमा समावेश गरिएको छ । कथाको विषयवस्तुु र पात्रको नाम र विशेषता बुुझाउने शीर्षक राखिएकाले कथाको शीर्षक मलाई उपयुुक्त नै लागेको छ ।
(घ) पाठको दोस्रो अनुच्छेद पढी दुईओटा प्रश्न बनाउनुहोस् ।
उत्तर : पाठको दोस्रो अनुच्छेदबाट दुईओटा प्रश्न :
(क) महिलाहरू जङ्गलमा के लिन गएका थिए ?
(ख) महिलालाई राक्षसले के गर्दै रहेछ ?
६. दिइएका वाक्य कसले कसलाई भनेका हुन्, पहिचान गर्नुहोस् :
(क) हेर मनुवा हो ! यस महिलाको काल आजै आएको थियो र मलाई पनि बिछट्टै भोक लागेको हुनाले मैले यसलाई खाइदिएँ । (राक्षसले गाउँलेलाई)
(ख) यदि राक्षसबाट बच्ने उपाय छ भने सोचौं नत्र भने सबै एकै पटक मर्नुभन्दा त यस राक्षसलाई हरेक दिन एक एक जनाका दरले आहारा पु¥याइदिऔं । ( गाउँका एक भलादमीले गाउँलेलाई)
(ग) हाम्रो घर कहाँ हो ? मेरो बुबा कहाँ हुनुहुन्छ ? (कालजितले आफ्नी आमालाई )
(घ) त्यसो भए तपाईं भगवान्लाई भेट्न आजै गइहाल्नुहोस् । यस्ता कुरामा ढिलो गर्नु उचित हुँदैन । ( कालजितले राक्षसलाई )
(ङ) तिम्रो आयु त ७९ वर्षको छ रे । (राक्षसले कालजितलाई)
७. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
(अ) धार्मिक पर्यटनका दृष्टिकोणले विश्व इतिहासमा नेपालको कस्तो पहिचान छ ?
उत्तर : धार्मिक पर्यटनका दृष्टिकोणले विश्व इतिहासमा नेपालको पहिचान सगरमाथा जत्तिकै उच्च र गौतम बुद्ध जत्तिकै शान्त र स्थिर छ ।
(आ) कुन कुन धार्मिक स्थलले नेपालको गौरव बढाएका छन् ?
उत्तर : पशुपतिनाथ, लुम्बिनी, चतराधाम, भक्तपुरको डोलेश्वर जस्ता धार्मिक स्थलले नेपालको गौरव बढाएका छन् ।
(इ) कुम्भमेला नेपालको कुन स्थानमा लाग्ने गरेको छ ?
उत्तर : कुम्भमेला नेपालको चतराधाममा लाग्ने गरेको छ ।
(ई) धार्मिक पर्यटकको सङ्ख्या वृद्धि कसरी गर्न सकिन्छ ?
उत्तर : धार्मिक स्थलहरूको व्यापक प्रचारप्रसार, आवश्यक पूर्वाधार निर्माण र रणनीति तर्जुमा गरी धार्मिक पर्यटकको सङ्ख्या वृद्धि गर्न सकिन्छ ।
(ख) भाषा संरचना पहिचान गर्नुहोस् :
(अ) ’धार्मिक’ र ’पर्यटन’ शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् ।
उत्तर : धार्मिक : नेपालका धार्मिक स्थलहरूको संरक्षण र संवद्र्धन गर्नुु जरुरी छ ।
पर्यटन : नेपाललाई समृद्ध बनाउन पर्यटनको विकास गर्नुपर्छ ।
(आ) अनुच्छेदको ‘त्यसैले विश्व इतिहासमा नेपालको छुट्टै पहिचान र विशिष्ट स्थान रहेको छ ।’ वाक्यलाई भविष्यत् कालमा परिवर्तन गर्नुहोस् ।
उत्तर : त्यसैले विश्व इतिहासमा नेपालको छुट्टै पहिचान र विशिष्ट स्थान रहेको हुने छ ।
(इ) अनुच्छेदको ‘एक पटकको मेला भर्न करिब डेढ करोड मानिस पुग्ने गरेका छन् ।’ वाक्यलाई अज्ञात पक्षमा परिवर्तन गर्नुहोस् ।
उत्तर : एक पटकको मेला भर्न करिब डेढ करोड मानिस पुग्ने गरेछन् ।’
(ई) अनुच्छदेबाट ’ब’ र ’व’ लागी बनेका तीन तीनओटा शब्द पहिचान गरी लेख्नुहोस् ।
उत्तर : ’ब’ लागेका शब्द :– लुम्बिनी, हिसाब, बुद्ध
’व’ लागेका शब्द : विशिष्ट, विश्व, परिवर्तन
८. व्याख्या गर्नुहोस् :
‘यो आयु भावीले जुन दिन जति लेख्यो, लेख्यो । त्यसलाई घटाउन पनि सकिँदैन, बढाउन पनि सकिँदैन ।’
प्रस्तुत कथांश ‘कालजित र अजङ्गको राक्षसको कथा’ शीर्षकको लोककथाबाट लिइएको हो । यस कथाका सङ्कलक मोतीलाल पराजुली हुन् । प्रस्तुत कथांश भगवान्ले राक्षसलाई आयुका सम्बन्धमा सम्झाउने क्रममा भनेका हुन् ।
कथाअनुसार राक्षसको भान्जाका रूपमा रहेको कालजितले आफ्नो ७९ वर्षको रहेको कुरा सुुनेपछि आफ्नो आयुु किन ७९ नै राखिएको छ । यो आयु उसलाई मन पर्दैन । त्यस आयुुमा एक वर्ष घटी वा बढी बनाइदिन आग्रह गर्दै फेरि राक्षस मामालाई भगवान् कहाँ पठाउँछ । भगवान्लाई गएर राक्षसले कालजितको आयु कि एक वर्ष घटाइदिनुपयो, कि बढाइदिनुप¥यो भन्छ । त्यसपछि भगवान्ले उसलाई मान्छेको आयु भावीले लेखेको छ । त्यसलाई घटीबढी गर्न कसैले पनि सक्दैन दिन्छन्् । कालजितले आफ्नो आयुु भगवान्ले त परिवर्तन गर्न सक्ने रहेनछन् । त्यसैले मानिसले जति दिन आयुु लिएर आएको हुुन्छ त्यसलाई कसैले पनि परिवर्तन गर्न सक्दैनन् । मान्छेले पाएको आयुु जति छ त्यो भोगेर मात्र यो संसारबाट बिदा हुुन्छ । त्यसैले यस राक्षसले मलाई मार्न सक्दैन भन्ने निश्चिन्त भएपछि कालजितले राक्षसलाई मार्ने निर्णय लिन्छ ।
आयुु भन्ने कुरा भगवान्का वशमा पनि हुुँदैन । भावीले लेखेको आयुुलाई कसैले पनि घटबढ गर्न सक्दैन । मानिसलाई भावीले लेखिएको आयुु भोगेर मात्र यस संसारबाट बिदा हुुन्छ भन्ने सत्यलाई यस कथांशले पुुष्टि गरेको छ ।
९. कथाको दोस्रो अनुच्छेद अनुलेखन गर्नुहोस् ।
१०. दिइएका प्रश्नको उत्तर दिनुहोस् :
(क) राक्षसले गाउँलेलाई के गरेर दु:ख दिएको रहेछ, वर्णन गर्नुहोस् ।
उत्तर : ‘कालजित र अजङ्गको राक्षसको कथा’ शीर्षकको लोककथा सङ्कलक मोतीलाल पराजुली हुुन् । पराजुलीले यस कथामा नेपाली ग्रामीण समाजमा प्रचलित लोककथालाई सरल र आकर्षक तरिकाले प्रस्तुत गर्दै कहिलेकाहीँ गाउँमा आइपरेको ठुुलो समस्यालाई बुुद्धिमानी बालबालिकाहरूले निराकरण गर्न सक्छन् भन्ने सन्देश प्रस्तुत गरेका छन् ।
राक्षसले वनमा घाँसदाउरा काट्न गएका महिलामध्ये एक जनालाई खान्छ । अरू महिलाहरू राक्षस देखेर हारगुहार गर्दै गाउँमा आएर सबै कुरा बताउँछन् । सबै गाउँलेहरू घरेलु हतियार लिएर राक्षसलाई मार्न जान्छन् र आक्रमण गर्न खोज्छन् । गाउँलेहरू आएको देखेर राक्षसले आफ्नो शरीर पहाड जत्रो बनाउँदै सबै गाउँलेलाई खाइदिने कुरा गर्छ । राक्षसबाट डराएर गाउँलेहरू गाउँतिर भाग्छन् चौतारामा भेला हुुन्छन् । एकैचोटि मर्नुभन्दा पालैपालो मर्नु राम्रो हुने भन्दै हरेक दिन एक एक जनाका दरले आहारा पु¥याउने कुरा गरेर राक्षससँग वार्ता हुन्छ । दिनको एक जना मानिस र एक मुरी अन्न खाँदै गएको राक्षसले गाउँलेलाई साह्रै दु:ख दिन्छ । धम्क्याएर, डर र त्रास देखाएर गाउँलेलाई आफ्नो वशमा राख्दै सारा गाउँलेलाई दु:ख दिएछ ।
(ख) कालजितले राक्षसलाई नमारेको भए गाउँमा कस्तो अवस्था आउँथ्यो होला, अनुमान गरेर लेख्नुहोस् ।
उत्तर : कालजितले राक्षसलाई नमारेको भए राक्षसले सारा गाउँलेलाई एक दिन खाइसक्थ्यो होला । गाउँमै बसेर सबै गाउँलेलाई दुु:ख दिइरहन्थ्यो होला । गाउँलेहरू सकिएपछि गाउँका पशुुहरू पनि खान्थ्यो होला । त्यस गाउँका मानिस र पशुुहरू सकिएपछि अर्काे गाउँमा जान्थ्यो होला र त्यसै गरी मान्छेहरूलाई माथ्र्याे होला । यसरी बर्साैँ लगाएर सारा गाउँ नै सखाफ पाथ्र्याे होला ।
११. ’सानो व्यक्तिको बुद्धि र पुरुषार्थले गाउँमा शान्ति ल्याउन सफल भयो’ भन्ने भनाइको आशय खुलाउनुहोस् ।
उत्तर : मानिसको बाहिरी आवरण र उमेर हेरेर ऊसँग कति बुुद्धि छ भन्ने कुरा जानिँदैन । समय आएपछि हरेक मानिसले आफूूभित्र भएको बुद्धि प्रयोग गर्न जान्नुुपर्छ । गाउँ तथा समाजको भलो हुने काम गरेमा सबैले त्यस्ता व्यक्तिको गुुणगान गर्छन् । कुनै कुनै बालबालिकाहरूमा पनि अद्भुुत क्षमता हुन सक्छ । साना बालबािलकाहरूले केही गर्न सक्दैनन् भन्ने सोचेर उनीहरूको बुुुद्धि र कर्मप्रति बेवास्ता गर्नुहुँदैन । कतिपय कुराहरू पूरा गर्न बलभन्दा पनि बुुद्धिको आवश्यकता हुुन्छ । यस्ता कम उमेर भएका व्यक्तिको बुुद्धि र पुरुषार्थले कहिलेकाहीँ नसोचेको कार्य पूरा हुन सक्छ । कुनै कुनै सानो व्यक्ति अर्थात् बालबालिकाले पनि बुद्धि र पुरुषार्थको काम गर्न सक्छन् । जसरी कालजितले गाउँलेलाई दु:ख दिने राक्षसलाई आफ्नो बुद्धि र पुरुषार्थको प्रयोग गरेर मारी गाउँमा शान्ति ल्याउन सफल भयो त्यसरी नै हाम्रा बालबालिकाले पनि बुद्धि र पुरुषार्थको प्रयोग गरी आफ्नो समाजको लागि सकेको योगदान दिन सक्छन् भन्ने आशय । सानो छ भनेर उनीहरूलाई हेप्ने र उनीहरूको बुुुद्धि र पुरुषार्थको बेबस्ता गर्ने समाजलाई ’सानो व्यक्तिको बुद्धि र पुरुषार्थले गाउँमा शान्ति ल्याउन सफल हुुन सक्छन् भन्ने कुरा मनन गर्नुपर्दछ भन्ने आशय यस कथामा कालजितको चरित्रबाट पुुष्टि गरिएको छ ।
१२. ’कालजित र अजङ्गको राक्षस’ कथाका मुख्य मुख्य घटना नछुट्ने गरी बुँदागत रूपमा लेख्नुहोस् ।
यसको उत्तर सुरुको विषयवस्तुुका आधारमा निर्माण गर्नुहोस् ।
१३. ’कालजित र अजङ्गको राक्षस’ कथाबाट के सन्देश पाउनुभयो, लेख्नुहोस् ।
यसको उत्रर पहिला नै दिइएको छ, त्यहीँ हेर्नुहोला ।
भाषिक संरचना र वर्णविन्यास
१. दिइएका वाक्यमा प्रयोग भएका क्रियापद पहिचान गर्नुहोस् :
(क) गएँ, गरेँ, भएँ, फर्के (बितेको सयम जनाउने)
(ख) बस्छ, गर्छ, खेल्छ, सघाउँछ (वर्तमान समय जनाउने )
(ग) जाने छौ, किन्ने छौ, राख्ने छौ, फर्कने छौ ( आउने समय जनाउने)
२. कोष्ठकमा दिइएको निर्देशनअनुसार तलका अनुच्छेदलाई परिवर्तन गर्नुहोस् :
(क) गाउँमा विद्यालय खुल्छ । अशिक्षित पनि शिक्षित हुन्छन् । उनीहरूले आफूमाथि भएको शोषणको विरोध गर्छन् । शोषकले शोषण गर्न छाड्छन् । सबै जना मिलेर बस्न थाल्छन् । (वर्तमान काल )
(ख) हामी देश सेवामा लाग्ने छौं । हामी आफ्नै माटामा परिश्रम गर्ने छौं । आधुनिक खेती प्रणाली अपनाएर अन्न उब्जाउने छौं । आफ्नै धर्तीलाई हराभरा बनाउने छौं । यसबाट देश विकासमा टेवा पुग्ने छ । (भविष्यत् काल)
(ग) बहिनीले मिहिनेत गरी । ऊ परीक्षामा सफल भई । उसले पुरस्कार पाई । ऊ खुसी हुँदै घर आई । त्यो कुरा सुनेर आमाबुबा खुसी हुनुभयो । (भूत काल)
३. दिइएको अनुच्छेद पढ्नुहोस् र क्रियापदका पक्ष पहिचान गर्नुहोस् :
म सानामा चरचुरुङ्गी देखेर रमाउथेँ । (अभ्यस्त भूत), एक दिन परेवा देखेर च्याप्प समाउन खोजेंछु । (अज्ञात भूत), परेवा भुर्र उड्दा मलाई पनि उड्न मन लाग्यो । (सामान्य भूत), शनिबारको दिन बुबाले मलाई सहर घुमाउन लैजानुभएको थियो । (पूर्ण भूत), सहरमा मोटरगाडी गुडिरहेका थिए । (पूर्ण भूत) त्यो दृश्यले मलाई चकित तुल्यायो । (सामान्य भूत)
४. कोष्ठकमा दिइएको सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् :
(क) सदिच्छा विज्ञान विषय पढ्दै छिन् । उनी डाक्टर बन्ने कुरा सोच्दै छिन् । उनी बिरामीको सेवा गर्दै हुने छिन् । सबैले उनलाई धन्यवाद दिँदै हुने छन् । (अपूर्ण पक्ष )
(ख) आशिका जनकपुरबाट हेटौंडा गएकी छन् । उनले हजुरआमालाई फलफूल लगेकी छन् । हजुरआमाले नातिनीको बाटो हेरेको हुनुहुन्छ । उहाँले नातिनीलाई मन पर्ने सेलरोटी पकाएको हुनुहुन्छ । (पूर्ण पक्ष )
५. दिइएको अनुच्छेद पढ्नुहोस् र अज्ञात पक्षका क्रियापद पहिचान गर्नुहोस् :
उत्तर : भन्नुभएछ, भनेछ, गरेछ, पाएछ, समातेछ
६. दिइएको अनुच्छेदलाई अज्ञात पक्षमा परिवर्तन गर्नुहोस् :
राती असिनापानी परेछ । पल्लो डाँडामा पहिरो गएछ । खेत पनि पानीले डुबाएछ । चराको गुँड पनि भत्काएछ । पानी त गजबसँगै नै परेछ त । अबेर राती बुबाले पनि थाहा पाउनुभएछ । बहिनीले पनि थाहा पाइछिन् । भाइले पनि राती नै थाहा पाएछन् । तैंले मात्र कसरी थाहा पाइनछस् ?
७. दिइएको अनुच्छेदलाई अभ्यस्त पक्षमा परिवर्तन गर्नुहोस् :
यसरी राक्षसलाई मारेपछि कालजितले गाउँलेलाई बोलाउँथ्यो र सबै मिलेर राक्षसको सद्गत गर्थे । कालजितलाई गाउँलेले प्रशंसा गरेर आफ्नो गाउँको प्रमुख चुन्थे । त्यसपछि कालजितले मावलीमा गएर आमालाई लिएर आउँथ्यो । ऊ आफ्नो घर, खेतीबाली समाली बस्न थाल्थ्यो । काललाई पनि जितेर गाउँमा सुखशान्ति दिएको हुनाले गाउँलेले कालजितलाई सम्मानपूर्वक राख्न थाल्थे । सानो व्यक्तिको बुद्धि र पुरुषार्थले पनि सधैँका लागि गाउँमा शान्ति ल्याउन सफल हुन्थ्यो ।
८. डुल्, भन्, उठ्, पढ् धातुबाट बन्ने अभ्यस्त पक्षका क्रियापद प्रयोग गरी एउटा अनुच्छेद तयार पार्नुहोस् ।
उत्तर : युुवा अवस्थामा हामी गाउँभिर डुल्थ्यौँ । गाउँको सेवा गर्नुपर्छ भनेर सबै गाउँलेलाई भन्थ्यौँ । बिहान सबेरै उठ्थ्यौँ र पाठ पढ्थ्यौँ । हाम्रा क्रियाकलाप देखेर सबै गाउँले छक्क पर्थे र हामीलाई समाज सुधारक भन्थे ।
९. दिइएका अनुच्छेद पढ्नुहोस् र ’ब’ र ’व’ को प्रयोग पहिचान गर्नुहोस् :
(क) विजय वेदविद्याश्रममा वेद पढ्छन् । विवेक, वृषभनाथ, वर्षमान, विज्ञानराम र विकल्पप्रसाद पनि वेद विद्यालयमा वैदिक मन्त्र पढ्छन् । कविता र सविता पनि विक्रम संवत् २०७८ को शैक्षिक सत्रमा वेद पढ्न भर्ना भएका छन् । पढ्नु विद्यार्थीको कर्तव्य हो । पढाइले मान्छेको व्यवहारमा सकारात्मक परिवर्तन ल्याइदिन्छ ।
(ख) बुद्धप्रसाद, बुद्धिनाथ, बलबहादुर र अम्बिकादेवीले धरहरा हेरे । गगनचुम्बी धरहरा हेर्न उनीहरू जस्तै बाँके, बर्दिया, बझाङ, बैतडीबाट मात्र होइन बर्दिबासबाट समेत मान्छे आए ।
(ग) भूकम्पमा बरबाद भएको धरहरा बनेकाले अब म पनि आमाबुबा र बहिनीलाई लिएर धरहरा हेर्न जान्छु र बस्नेत खाजाघरमा गएर बारा र बिरौंला खान्छु ।
(घ) राम्रो वकालत गरेर वाहवाह कमाएका दुई जना वकिल भवन वरपरको चउरमा वाल्ल परेर हेर्दै थिए । उनीहरू अदालत गए वा वडा कार्यालय मलाई थाहै भएन ।
१०. कथामा रहेका ‘व’ लेख्दा ‘ब’ उच्चारण हुने, ‘ब’ लेख्दा ‘ब’ नै उच्चारण हुने अनि ‘व’ लेख्दा ’व’ नै उच्चारण हुने ’शब्दको अलग अलग सूची बनाउनुहोस् ।
‘व’ लेख्दा ‘ब’ उच्चारण हुने शब्द : गाईवस्तु जीविका, वन, व्यवस्था, मानव, विधि, वर्ष, पूर्वकथा, वचनवाण, दुवै, भगवान्, जथाभावी, भावी, वेला,
‘ब’ लेख्दा ‘ब’ नै उच्चारण हुने शब्द :
बाह्र, सबै, बारेमा, तरबार, बन्चरो, बर्साउन, बाबै, बिछट्टै, अब, बचाउन, बच्ने, बिहानै, बन्न, बनाएछ, बताएछन्, कबोल बाँधेछन्, बसेकी, ्र बाहेक, बच्चा, बमोजिम, बितेछ, बुबा, बेलीबिस्तार, बाहिरबाटै, कब्जा, बरु, बानी, बसी बसी, बस्ती, बिच, सबेरै, केहीबेर, बाली, बुद्धि बैकुण्ठ
‘व’ लेख्दा ‘व’ नै उच्चारण हुने शब्द :
वरपर, मनुुवा, स्वीकार, मावली, भतुुवा, खुुवाउन, खुुवाउँछुु ।